खेल

नेपाललाई आठौ सफलता ,दिपेन्द्रको खातामा दोश्रो विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई आठौ विकेट हात लागेको छ।  

नेपालका दिपेन्द्रसिंह एैरीले ४३ दशमलब २ ओभरमा टोलीका लागि आठौ विकेट दिलाएका हुन।दिपेन्द्रले अमेरिका जेसी सिंहलाई  १२ रनमा आउट गदै आफनो लागि दोश्रो विकेटको खाता खोलेका हुन । आठौ विकेट झर्दा अमेरिकाले जम्मा १७० रन बनाएको छ।  

यस अघि नेपालका लागि करण केसीले ४ विकेट लिएका छन । त्यसैगरी  ललितनारायण राजवंशी र गुल्सन झाले एक एक  विकेट लिए  भने  सन्दीप लामिछानेले आज  १० ओभरमा ५८ रन  खर्चेर कुनै विकेट हात पार्न सकेनन। ताजास्थीतीमा अमेरिकाले ४६ ओभरमा ८ विकेटको नोक्सानीमा १९१ रन बनाएको छ।  

प्रकाशित: ५ असार २०८० १०:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App