खेल

नेपाललाई छैठौ सफलता ,ललितले लिए विकेट

आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई छैठौ विकेट हात लागेको छ ।  

नेपालका ललितनाराण राजवंशीले २७ दशमलब ४ ओभरमा अमेरिकाका शुरुवाती व्याट्सम्यान सुसान्त मोदानीलाई बोल्ड आउट गरे पछि नेपाललाई छैठौ विकेट हात लागेको हो । मोदानी ४२ रन बनाएर आउट भएका हुन।  

यस अघि नेपालका लागि करण केसीले ४ तथा दिपेन्द्रसिंह एैरीले १ विकेट लिएका थिए । ताजास्थीतीमा अमेरिकाले २९ ओभरमा ६ विकेट गुमाएर ९५ रन बनाएको छ । 

प्रकाशित: ५ असार २०८० ०९:१२ मंगलबार

नेपाललाई छैठौ सफलता ललितले लिए विकेट