आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अमेरिका विरुद्ध नेपाललाई पाँचौ विकेट हात लागेको छ ।
नेपालका दिपेन्द्रसिंह एैरीले २१ दशमलब ३ ओभरमा टोलीका लागि पाँचौ विकेट दिलाएका हुन । पाँचौ विकेट झर्दा अमेरिकाले जम्मा ६५ रन बनाएको छ । यस अघि नेपालका लागि करण केसीले ७ ओभरमा ३ मेडन ओभर सहित ४ विकेट लिएका छन । करण केसीले दोश्रो ओभरमै जम्मा २ रन खर्चेर महत्वपूर्ण २ विकेट लिए । त्यसै गरी करणले नै आठौ ओभरमा कुनै रन नदिएर १ विकेट लिएर आफ्नो खातामा ३ विकेट जम्मा गरे । करणले १० औभरमा १ रन खर्चेर १ विकेट लिएका हुन । ताजा स्थीतीमा अमेरिकाको २५ ओभरमा ५ विकेटको क्षतिमा ८० रन बनाएको छ । नेपालका बलर ललितनारायण राजवंशीले ४ ओभरमा ८ रन खर्चेर कुनै विकेट लिएका छैनन ।
गुलसन झाले ३ ओभरमा १२ रन खर्चेर कुनै विकेट लिएका छैनन । सन्दीप लामिछानेले ४ओभर १९ रन खर्चेर कुनै विकेट लिन सकेका छैनन ।
प्रकाशित: ५ असार २०८० ०८:५६ मंगलबार