खेल

आज अमेरिकाको सामना गर्दै नेपाल

आईसीसी एक दिवसीय विश्वकप छनोटः

आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज अमेरिकाको सामना गर्दै छ। पहिलो खेलमा जिम्बाबेसँग हार ब्यहोरेको नेपाल दोस्रो खेलमा जितको खोजीमा छ भने उता अमेरिका पनि उस्तै हालमा छ। पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित अमेरिका पनि पहिलो जितको खोजीमा हुनेछ ।  

खेल जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ मा सुरु हुनेछ। प्रतियोगितामा सहभागी १० टोलीमा शीर्ष दुई टोलीले भारतमा हुने विश्वकप खेल्न पाउनेछन् ।

प्रकाशित: ५ असार २०८० ०१:५० मंगलबार

आईसीसी एक दिवसीय विश्वकप छनोटः आज अमेरिकाको सामना गर्दै नेपाल