खेल

नेपाललाई पहिलो सफलता

आईसीसी एकदिवसीय विश्व कप क्रिकेटको छनोट खेलमा नेपालले जिम्बावे विरुद्ध पहिलो सफलता हात पारेको छ।  

जिम्बावेको हरारे क्रिकेट मैदानमा भएको खेलमा नेपालका बलर सोमपाल कामीले जिम्बावेका जॉयलॉर्ड गम्बीलाई एलबीडब्लु गरेका हुन्। गम्बीले २९ बलमा २५ रन बनाएका छन्।

जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङको निम्तो दिएको घरेलु टिम जिम्बावेलाई नेपालले जितका लागि २९१ रनको लक्ष्य दिएको छ।

यसैबीच जिम्बावेले १० ओभरमा १ विकेट गुमाएर ५२ रन बनाएको छ।

प्रकाशित: ३ असार २०८० ११:४६ आइतबार

आईसीसी एकदिवसीय विश्व कप क्रिकेट