खेल

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात

आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत अहिले नेपाल र  जिम्बावेबीच खेल भईरहेको छ।  

घरेलु टोली जिम्बावेले  टस जितेर नेपाललाई पहिला ब्याटिङ गर्ने निम्तो दिएपछि नेपालले ब्याटिङमा राम्रो सुरुवात गरेको छ।

पहिलो पावर प्लेको समाप्तीमा नेपालले कुनै विकेट नगुमाई ४५ रन बनाएर राम्रो सुरुवात गरेको हो। शुरुवाती व्याट्सम्यान  कुशल भुर्तेल र आसिफ शेख अविजित रुपमा क्रिजमै छन। पछिल्लो ताजा विवतरण अनुसार नेपालल १६ओभरमा कुनै विकेट नगुमाई  ६८ रन बनाएको छ।  

नेपालको प्लेईङ:११

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, भीम सार्की, रोहित पौडेल (कप्तान) , आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलसन झा, करण केसी, सोमपाल कामी र सन्दीप लामिछाने  

प्रकाशित: ३ असार २०८० ०८:०६ आइतबार

आईसीसी एकदिवसीय विश्वकप छनोट : जिम्बावेविरुद्ध नेपालको राम्रो सुरुवात