आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता आज नेपालले पहिलो खेल घरेलु टोली जिम्बावेसंग खेल्दैछ।
आज देखि शुरु भएको छनौट खेल नेपाली समय अनुसार मध्यान्ह पौने १ बाट हुनेछ। नेपाल र जिम्बावे बीचको खेल हरारे स्पोर्टस् क्लबमा हुनेछ।
प्रतियोगिताको पहिलो खेलमा नेपाल घरेलु टोलीलाई पराजित गर्ने सोचमा रहेको छ । घरेलु भुमीमा नेपाललाई हराएर जिम्बावे पनि प्रतियोगिताको सुखद सुरुवात गर्ने लक्ष्यमा रहेको छ।
नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ। २०१८ मा जिम्बावेमा नै आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो ।
प्रकाशित: ३ असार २०८० ०१:४७ आइतबार