गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्। बोगटीले ९ मिनेट ३४.७० सेकेण्डमा दौड पुरा गरेका थिए।
तनहुँका साहस पन्त दोस्रो र पोखराका तेन्जोन रोका तेस्रो भए। पन्तले ९ मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गरेका थिए भने रोकाले ९ मिनेट ५६.६० सेकेण्डमा पुरा गरेका थिए।
महिला तर्फको प्रतिस्पर्धाामा तनहुँकी सुष्मिता रानाभाटले १३ मिनेट ०४.८० सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण पदक जितिन्। पोखराका संगीता विकले १३ मिनेट ४९.९० सेकेण्डमा पुरा गर्दै रजत र पोखराकी मेनुका अधिकारीले १४ मिनेट १६.६० सेकेण्डमा दौड पुरा गर्दै कास्य पदक जितिन्।
विद्यालय खेलकुद कार्यक्रम अन्तर्गत आयोजित कास्की जिल्ला विद्यालयस्तरीय १०० मिटर दौड छात्र तर्फ कास्की मोर्डनाइज्डका प्रवेश थापाले स्वर्ण छोरेपाटन माविका विनोद नेपालीले रजत र डायमण्ड स्कुलका ऋषिबहादुर कुमालले कास्य पदक जिते। छात्रा १०० मिटर दौडमा त्रिवेणी स्कुलकी एन्जेल अधिकारीले स्वणृ, केफकी संगम भण्डारीले रजत र लिटिल फ्लावरकी कृष्टा गुरुङले कास्य पदक जित्न सफल भईन्।
२ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा लिलिट फ्लावरका कुश पोखरेलले स्वर्ण पदक जिते। कास्की मोर्डनाईज्डका प्रमोद थापाले रजत र सैनिक आवासिय विद्यालयका प्रज्वल खड्काले कास्य पदक जिते। छात्रा तर्फको प्रतिस्पर्धामा सगरमाथा उच्च माविकी अनुष्का अधिकारीले स्वर्ण पदक जितिन्। हिमाल कलेजकी रितु भण्डारीले रजत र छोरेपाटनकी एन्जेल गुरुङले कास्य पदक प्राप्त गरिन्।
८ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा केफका विवेक परियारले स्वर्ण पदक जित्दा सैनिक आवासिय माविका अभियान तिवारीले रजत र सैनिककै सागर लामाले कास्य पदकमा चित्त बुझाए। छात्रा तर्फको प्रतिस्पर्धामा छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण, एपी देवकोटा स्कुलकी मेनुका अधिकारीले रजत र उदय माविकी करुणा कुमालले कास्य पदक प्राप्त गरिन्।
१५ सय मिटर छात्र तर्फको प्रतिस्पर्धामा छोरेपाटन माविका तेन्जेन रोकाले स्वर्ण, केफका विवेक परियारले रजत र कास्की मोर्डनाईज्डका सन्दीप कुँवरले कास्य पदक जिते। छात्रा तर्फ छोरेपाटन माविकी नारायणी भण्डारीले स्वर्ण, त्रिवेण्ीकी अलिषा जिसीले रजत र लिटिल फ्लावरकी जष्मिन श्रेष्ठले कास्य पदक पाईन्।
लङजम्प छात्र प्रतिस्पर्धामा कास्की मोर्डनाईज्डका प्रवेश थापाले स्वर्ण पदक जिते। उनले ५.७६ मिटर जम्प गरेका थिए। त्यस्तै लिटिल फ्लावरका लभ पोखरेलले रजत र कास्की मोर्डनाइज्डका प्रमोद थापाले कास्य पदक जिते। छात्रा तर्फको प्रतिस्पर्धामा त्रिवेणकी एन्जेल अधिकारीले स्वर्ण जित्दा सगरमाथाकी अनुष्का अधिकारीले रजत र कुमुदिनी होम्सकी लक्ष्मी कुमालले कास्य पदक जित्न सफल भईन्।
विद्यालयस्तरीय प्रतिस्पर्धामा छोरेपाटन माविले ३ स्वर्ण १ रजत र १ कास्यसहित च्याम्पियन बन्यो। कास्की मोर्डनाईज्ड दोस्रो र त्रिवेणी एकेडेमी तेस्रो बन्यो। विजेता खेलाडीहरुलाई विभिन्न व्यक्तित्वहरुले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए।
प्रकाशित: २ असार २०८० १३:४१ शनिबार