खेल

पोखरामा प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु

पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ।

पोखरामा शुक्रबारदेखि प्रथम प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शुरु भएको प्रतियोगितामा ६ प्रदेशका खेलाडीहरुको सहभागिता रहेको छ।  

प्रतियोगितामा महिला तथा पुरुष गरी ७० जना खेलाडीको सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ। महिला तर्फ ३५ जना र पुरुष तर्फ ३५ जना सहभागिता रहेको कास्की जिल्ला भारोत्तोलन संघले जनाएको छ।  

महिला तर्फ ४९ केजी, ५९ केजी, ७१ केजी, ८१ केजी र ८१ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा हुने कास्की जिल्ला भारोत्तोलन संघका बरिष्ठ उपाध्यक्ष उमेश सिकेले जानकारी दिए। पुरुष तर्फ ६१ केजी, ६३ केजी, ८९ केजी, १०२ केजी र १०२ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ।  

खेलाडीहरुले स्न्याच र क्लिन एण्ड जर्कमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उदघाटन गण्डकी प्रदेश समाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले उदघाटन गरेकी थिईन्।  

प्रकाशित: १ असार २०८० ०७:०९ शुक्रबार

प्रदेशस्तरीय राष्ट्रिय भारोत्तोलन पोखरा