खेल

किर्गिस्तान जाने भलिबल टोलीलाई बिदाई

किर्गिस्तानको राजधानी बिस्केकमा आयोजना हुने काभा नेशन्स भलिबल लिगमा प्रतिस्पर्धा गर्न जाने पुरुष भलिबल टोलीलाई आज एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्गले खादा र राष्ट्रिय झण्डा प्रदान गर्दै शुभकामना सहित बिदाई गरे ।

नक्सालस्थित होटल क्राउन प्लाजामा भएको विदाई कार्यक्रममा सदस्य सचिव घिसिङ्गले नेपाली टोलीको प्रदर्शनको प्रशंसा गर्दै राज्यको लगानी भए अनुरुप खेलाडीको काँधमा जितको बोझ थपिएको बताए ।उनले यो प्रतियोगिता प्रतियोगितामा मात्र नभई एशियन गेम्सका लागी तयारी प्रतियोगिता समेत रहेको बताए । उनले राज्य, जनाता र परिषदको लगानीलाई खेलाडीहरुले आत्मसाथ गर्दै विजयी भएर स्वदेश फर्कनेमा आफु आशावादी रहेको बताए ।टोली भोली किर्गिस्तान तर्फ प्रश्थान गर्ने कार्यक्रम रहेको छ ।

संघका कोषाध्यक्ष श्याम कृष्ण श्रेष्ठको नेतृत्वमा बिस्केक जाने टोलीमा खेलाडीहरुमा भिम बहादुर गाहा, लोकेन्द्र राज गिरी, हेमन्त बहादुर मल्ल, रविन चन्द, टेक राज अवस्थी, मान बहादुर श्रेष्ठ, धन बहादुर भट्ट क्षेत्री, दुर्गा बहादुर खड्का, सफल बिश्वकर्मा, हरी बहादुर अधिकारी, राजेन्द्र बिष्ट र हरी हजुर थापा रहेका छन् । यस्तै टिम प्रशिक्षकमा जगदिश प्रसाद भट्ट र सहायक प्रशिक्षकमा भरत यादव रहेका छन् ।

प्रकाशित: ३२ जेष्ठ २०८० १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App