आइसीसी एकदिवसीय विश्वकप छनोटको अभ्यास खेलमा नेपाल विरुद्ध ओमानले २६७ रन बनाएको छ ।
आज जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलब २ ओभरमा २ सय ६७ रन बनाउँदा सबै विकेट गुमायो ।
ओमानका लागि कप्तान जिशान मकसुदले सबै भन्दा वढि १ सय ६ बलमा १ सय ९ रनको योगदान दिए । त्यसैगरी सोयब खानले ३८ रन बनाए ।
नेपालका लागि सोमपाल कामीले ५ तथा सन्दीप लामिछानेले ३ विकेट लिए । करण केसी र प्रतिश जि.सीले समान १/१ विकेट लिए ।
यस अघि जिम्बाबे पुगेपछि नेपालले पहिलो अभ्यास खेल युएईसंग खेलेको थियो । नेपाल युएईसँग ३ विकेटले पराजित भएको थियो । ओमान पहिलो अभ्यास खेलमा घरेलु टोली जिम्बाबेसँग २८ रनले पराजित भएको थियो ।
जिम्बावे पुग्नु अघि नेपालले दक्षिण अफ्रिकामा अन्तिम तयारी गरेको थियो । तयारीका क्रममा दक्षिण अफ्रिकामा नेपालले दुई अभ्यास खेल खेलेको थियो ।अभ्यास खेलमा नेपाल स्कटल्यान्ड र नेदरल्यान्ड्स दुबैसँग पराजित भएको थियो ।
प्रकाशित: ३२ जेष्ठ २०८० १०:५३ बिहीबार