खेल

दक्षिण एसियाली बुद्धिचाल: नेपाली खेलाडीलाई मिश्रित नतिजा

बंगलादेशी अब्दुल मलेक माेहम्मदविरूद्ध प्रतिस्पर्धा गर्दै नेपालका रूपेश जैसवाल (बायाँ)। तस्वीर साैजन्य: नागरिक

नेपाली खेलाडीले ललितपुरको गोदावरीमा जारी दक्षिण एसियाली बुद्धिचाल प्रतियोगिताको पहिलो चरणमा बुधबार मिश्रित नतिजा निकालेका छन्।

नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी प्रतियोगिताको पहिलो चरणमा चार खेलाडीले प्रतिस्पर्धा गर्दा दुई जनाले सफलता प्राप्त गरेका हुन्। बुधबार नेपालको तर्फबाट फिडे मास्टर रेटेड खेलाडी रूपेश जैसवाल, फिडे मास्टर शूरवीर लामा, फिडे मास्टर क्षितिज भण्डारी र १४ वर्षे युवा खेलाडी पुरुषोत्तम सिलवालले चुनौती प्रस्तुत गरेका थिए।

जारी प्रतियोगिताको पहिलो चरणमा चार खेलाडीले प्रतिस्पर्धा गर्दा दुई जनाले सफलता प्राप्त गरेका हुन्।

राउन्ड रोबिन प्रणालीमा गोदावरीको होटेल भ्यु भृकुटीमा सञ्चालन भइरहेको खेलमा चार नेपाली खेलाडीमध्ये रूपेश र युवा खेलाडी पुरुषोत्तमले सफलता प्राप्त गरे। नेपाल च्याम्पियन फिडे मास्टर रेटेड(२१४६) खेलाडी रूपेशले बंगलादेशका (२११३) रेटेड अब्दुल मलेक मोहम्मदलाई हराए।

निकै राम्रो खेलेका रूपेशले अब्दुललाई खेलको २८औं चालमा निराश पारेका हुन्। १४ वर्षे युवा खेलाडी (१८२८) रेटेड पुरुषोत्तमले भुटानका अनरेटेड खेलाडी डिक्चेन दोर्जीलाई सहज रूपमा ३४औं चालमार्पmत हराए।

नेपाल पूर्वच्याम्पियन (२०३२) रेटेड खेलाडी शूरवीर लामाले पनि पराजय बेहोरे। उनी बंगलादेशका (२२०६) रेटेड हसन पराग मेहदीसँग पराजित भए। शूरवीरले ५३औं चालमार्पmत हसनलाई नतिजा सुम्पिए। उनले राम्रो खेले पनि अवसरको फाइदा उठाउन नसक्दा आत्मसमर्पण गर्न बाध्य भए।

नेपालका (२०२८) रेटेड फिडे मास्टर क्षितिज र पाकिस्तानका (२०४६) रेटेड फिडे मास्टर अमिर करिमबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। यद्यपि, उक्त रोचक प्रतिस्पर्धा ७०औं चालमा निर्णायक बन्दा पाकिस्तानी खेलाडी अमिरले बाजी मारे।

खुलातर्फ नेपाल, पाकिस्तान, बंगलादेश, भुटान र भारतका खेलाडीको सहभागिता रहेको प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतका (२४१५) रेटेड इन्टरनेसनल मास्टर नुबेरसाह शेखले भारतकै (२५०८) रेटेड ग्रान्ड मास्टर सयान्तन दासलाई पराजित गरे। निकै रोचक खेलमा नुबेरले आफूभन्दा उच्च रेटेड ग्रान्ड मास्टर सयन्तनलाई खेलको ५८औं चालमा सिकार बनाएका हुन्।

नेपालका (२०२८) रेटेड फिडे मास्टर क्षितिज र पाकिस्तानका (२०४६) रेटेड फिडे मास्टर अमिर करिमबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। यद्यपि, उक्त रोचक प्रतिस्पर्धा ७०औं चालमा निर्णायक बन्दा पाकिस्तानी खेलाडी अमिरले बाजी मारे।

उक्त प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र एसियन चेस फेडेरेसनका उपाध्यक्ष भरतसिं चौहानले संयुक्त रूपमा उद्घाटन गरेका थिए। ६ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा राखेप, ललितपुरका स्थानीय निकाय ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, कोन्जोसम गाउँपालिका, बाग्मती गाउँपालिका, महाकाल गाउँपालिका र ललितपुर जिल्ला समन्वय समितिले सहयोग गरेका छन्।

प्रतियोगितामा नेपालबाट पुरुषतर्फ वर्तमान च्याम्पियन फिडेमास्टर रूपेश र उपविजेता शुरवीर तथा महिलातर्फ राष्ट्रिय च्याम्पियन फिडेमास्टर सुजना लोहनी र उपविजेता सुशीला गुरुङले प्रतिस्पर्धा गर्दैछन्। अफगानिस्तानले च्याम्पियनसिपमा सहभागिता नजनाउने भएपछि थप १÷१ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्न पाएका हुन्। च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले क्रमशः नगद एक लाख ५० हजार, एक लाख र ५० हजार रूपैयाँ प्राप्त गर्नेछन्। महिलामा भने विजेताले नगद एक लाख, दोस्रोले ६० हजार र तेस्रोले नगद ४० हजार प्राप्त गर्नेछन्।

प्रकाशित: ३२ जेष्ठ २०८० ०१:४५ बिहीबार

दक्षिण एसियाली बुद्धिचाल नेपाली खेलाडीलाई मिश्रित नतिजा