खेल

थापागाउँको जित

थापागाउँले दोश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा र जित हात पारेको छ।

चन्द्रविनायक पार्क, चावहिल मैदानमा आज थापागाउँले चावहिल भेट्रान ए लाई ४–१ गोलले पराजित गर्‍यो। थापागाउँका हरिहर थापा, धनवीर चौधरी, शशि गौतम र प्रवेशजंग थापाले १–१ गोल गरे। चावहिलका अजब श्रेष्ठले सान्त्वना गोल गरे।

काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भइरहेको प्रतियोगितामा बौद्ध भेट्रान र तकामी पनि विजयी भए।

बौद्धले एजेलाई ३–१ गोलले हरायो। बौद्धका धर्मेन्द्र लमाले ह्याट्रिक गरे। एजेका रवि थापा मगरले १ गोल   फर्काए। तकामीले किङकोम स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पाखा लगायो। निर्धारित समयको खेल २–२ को बराबरीमा सकिएको थियो।

प्रकाशित: ३१ जेष्ठ २०८० १४:३३ बुधबार

थापागाउँको जित