खेल

८८ रनको लक्ष्य पछ्याउँदै नेपाल: ३८ रन जोड्दा ३ विकेट गुम्यो

हङकङमा जारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपालले पाकिस्तान ए बिरुद्ध  खेलिरहेको छ। हङकङको मङकङ क्रिकेट मैदानमा नेपालले बलिङ रोजेपछि पाकिस्तान ए ले पहिले ब्याटिङ गर्दै १९.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्रै बनाउन सक्यो।  

८८ रनको सामान्य लक्ष्य पछ्याइरहेको नेपालले ताजा अवस्थामा ३८ रन जोडेको छ भने तीन विकेट गुमाएको छ।

नेपालले बिन्दु रावल र सीता रानामगरलाई गुमाएको छ।  

सीता २० बलमा ६ रन बनाएर आउट भइन्। उनलाई पाकिस्तानकी उम इ हानीले गुल फरोजाबाट क्याच आउट गराईन्। त्यस्तै बिन्दु रावल ३ रनमा पवेलियन फर्किइन्।  

नेपालले तेस्रो विकेटमा कविता कुँवरलाई गुमाएको छ,। उनी २ चौकाको साथ २० रन बनाएर खेलिरहेकी थिइन्।  

ताजा अवस्थामा नेपाल ३७ रन जोडेर ३ विकेटको क्षतिमा  १२ औं ओभरमा खेलिरहेको छ।

एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एशिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागीता हो । प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा हङकङ, भारत र पाकिस्तानका रहेका छन् ।

प्रकाशित: ३० जेष्ठ २०८० ०४:१२ मंगलबार

८८ रनको लक्ष्य पछ्याउँदै नेपाल ३८ रन जोड्दा ३ विकेट गुम्यो