खेल

नेपालले पाकिस्तानको सात विकेट झार्दा वर्षाले रोकियो खेल

एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कप

एसिसी महिला इमर्जिङ टिम्स टि-२० एसिया कपअन्तर्गत पाकिस्तान ‘ए’विरुद्ध नेपालको उत्कृष्ट सुरुवात भइरहेको बेला वर्षाले खेल रोकिएको छ। वर्षा सुरु भएपछि खेल रोकिएको हाे। वर्षा अघि नेपालले सात विकेट लिइसकेको छ। पाकिस्तानले १६ ओभर खेल्दा मात्र ६५ रन जोडेको छ।  

 हङकङको मङककस्थित मिसन रोड ग्राउण्डमा टस जितेर नेपालले पाकिस्तानलाई ब्याटिङको निम्ता दिएको थियो।  

नेपालका लागि पहिलो ओभरमै कविता कुँवरले विकेट लिँएकी थिइन् भने दोस्रो र तेस्रो विकेट कविता जोशीले लिइन्। त्यस्तै चौथो र पाचौं विकेट सीता रानामगरले लिइन्।  

छैटौँ विकेटका रुपमा नजिला अल्भी १३.१ ओभरमा रन आउट भइन् भने सातौ विकेट इन्दु वर्माले उम(ए(हानीको विकेट लिइन्।  

नेपाली टोली:

रुबिना क्षेत्री, सीता राना मगर, इन्दु बर्मा, कविता कुँवर, बिन्दु रावल, ज्योति पाण्डे, सम्झना कुमारी खड्का, कृतिका मरासिनी, अस्मिना कर्मचार्य, अप्सरी बेगम र कविता जोशी

प्रकाशित: ३० जेष्ठ २०८० ०२:४९ मंगलबार

इमर्जिङ टिम्स एसिया कप