नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले फिलिपिन्सविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलपछि मात्र साफ च्याम्पियनसिपको रणनीति बनाउने बताएका छन्।
‘फिलिपिन्स बलियो टोली हो। उनीहरूविरुद्ध हाम्रो पछिल्लो नतिजा राम्रो छैन। हामी छोटो समयको तयारीका साथ मैत्रीपूर्र्ण खेलका लागि जाँदै छांै,’ एनिसले भने, ‘टोलीमा अधिकांश युवा खेलाडी छन् र केही खेलाडी नयाँ छन्। हामी दबाबरहित खेल्छौं र सुखद नतिजा ल्याउनेमा आशावादी छौं।’
नेपाली टोली मैत्रीपूर्ण खेलका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दै छ। नेपाली टोली फिलिपिन्सबाटै साफ च्याम्पियनसिपका लागि बेंगलोर प्रस्थान गर्नेछ। समूह ‘ए’ मा रहेको नेपालले असार ६ गते पहिलो खेलमा कुवेतको सामना गर्नेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिसेन्जो अल्बर्टो एनिसले फिलिपिन्सविरुद्ध बुधबार हुने मैत्रीपूर्ण खेलपछि मात्र साफ च्याम्पियनसिपको रणनीति बनाउने बताएका छन्।
समूह ‘ए’ मा नेपाल र कुवेतसँगै आयोजक भारत र पाकिस्तानसमेत छन्। समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्। माल्दिभ्समा सम्पन्न पछिल्लो संस्करणमा नेपालले फाइनलसम्मको यात्रा तय गरेको थियो। जहाँ नेपाल साफ च्याम्पियसिपको कीर्तिमानी उपाधि विजेता भारतसँग फाइनलमा पराजित भएको हो। यस संस्करणमा नेपाललाई सो उपलब्धि दोहो¥याउने चुनौती हुनेछ।
गत साता नै एनिसले २३ सदस्यीय टोलीको घोषणा गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गरेका थिए। तर सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबले संयुक्त विज्ञप्ति जारी गर्दैै लिग खेलाडी फुकुवा नगर्ने घोषणा गरेका थिए। जसबाट नेपाली टोलीको प्रशिक्षण स्थगित भएको थियो। शनिबार लिग समापन भएसँगै नेपालले आइतबारबाट प्रशिक्षण सुरु गरेको थियो।
‘मैले अहिले नै साफ च्याम्पियसिपको बारेमा कुनै योजना बुनेको छैन। म फिलिपिन्सविरुद्धको खेलमा मात्र केन्द्रित छु,’ एनिसले भने, ‘सो खेलमा नेपाली टोलीको बलियो र कमजोर पक्षको बारेमा थाहा हुनेछ। त्यसपछि रणनीति बनाउँदा त्यो प्रभावकारी बन्न सक्छ।’
गत साता नै एनिसले २३ सदस्यीय टोलीको घोषणा गर्दै राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सुरु गरेका थिए। तर सहिद स्मारक ‘ए’ डिभिजन लिगका १० क्लबले संयुक्त विज्ञप्ति जारी गर्दैै लिग खेलाडी फुकुवा नगर्ने घोषणा गरेका थिए।
यता पाँचाैं पटक साफ च्याम्पियनसिपमा सहभागी हुन लागेका नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलपछि नेपाली टोलीको बारेमा स्पष्ट हुने बताएका छन्।
‘हामी साफको तयारीस्वरूप फिलिपिन्सविरुद्धको मैत्रीपूर्ण खेलका लागि जाँदै छाैं,’ किरणले भने, ‘युवा टोली छ तर पनि हामी सुखद नतिजाको आशामा छाैं।’
प्रकाशित: २९ जेष्ठ २०८० ०१:५६ सोमबार