खेल

सावित्रालाई स्कुटर हस्तान्तरण

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड’ मा वर्ष उत्कृष्ट महिला खेलाडी बनेकी सावित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ। 

अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटरले पुरस्कार प्रदान गरेको हो।

अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ। वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न सातवटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो। जसमा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलाडी (पुरुष), वर्ष उत्कृष्ट खेलाडी (महिला), वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र खेल पत्रकारिता पुरस्कार वितरण गरिएको थियो।

स्कुटर हस्तान्तरण गर्दै मञ्चका कार्यवाहक अध्यक्ष सुरज श्रेष्ठले खेलाडीको मनोबल उच्च राख्न खेलप्रतिको आकर्षणलाई थप बलियो बनाउन अवार्डले महत्त्वपूर्ण भूमिका खेलेको बताए। हस्तान्तरण कार्यक्रममा मञ्चका कार्यवाहक अध्यक्ष क्षेष्ठ, अवार्ड प्राप्त गर्ने खेलाडी भण्डारी, टेल्जी नेपालको पोखरा शाखा प्रमुख हिरा कोइराला लगायत थिए। मञ्चले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ।

प्रकाशित: २८ जेष्ठ २०८० ०८:२३ आइतबार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी सातौं पोखरा स्पोर्टस् अवार्ड