खेल

महिला क्रिकेट टोलीको घोषणा

फाइल तस्बिर

हङकङमा आयोजना हुने एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नेपाली महिला टोलीको घोषणा गरेको छ।  

क्यानले रुबिना क्षत्रीको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोली घोषणा गरेको हो। १२ जुनदेखि २१ जुनसम्म हुने प्रतियोगिताको समूह ‘ए’मा नेपालसँगै आयोजक हङकङ, भारत ‘ए’र पाकिस्तान ‘ए’रहेका छन्। नेपालले पहिलो खेल जुन १३ मा पाकिस्तानसँग खेल्नेछ। यसै गरी नेपालले जुन १५ मा भारत तथा जुन १७ मा हङकङको सामना गर्नेछ। थाइल्यान्डले आफ्नो नाम फिर्ता लिएपछि नेपालले एसिसी महिला ट्वान्टी–२० इमर्जिङ टिम्स एसिया कप खेल्ने मौका पाएको हो।  

नेपाली टोली ः रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, कविता कुँवर, अस्मिना कर्माचार्य, बिन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, ज्योति पाण्डे, कृतिका मरासनी, सम्झनाकुमारी खड्का, इश्वरी विष्ट, सरस्वतीकुमारी चौधरी, कविता जोशी।

प्रकाशित: २७ जेष्ठ २०८० ०२:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App