खेल

फिफा वरियतामा नेपाल यथावत, भारतको फड्को

ज्युरिच- नेपाल विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार जारी गरेको पछिल्लो वरीयताक्रममा नेपाल १ सय ७०औं स्थानमा यथावत् रहेको छ। सन् २०१९ को एएफसी एसिया कपका लागि छनोट खेलको पहिलो लेगमा एक साताअघि फिलिपिन्ससँग ४–१ ले पराजित भएको थियो।

दक्षिण एसियाली राष्ट्रबीच भने नेपाल पाँचौं स्थानमा छ।   दक्षिण एसियाका आठमध्ये भारत ३१ स्थान सुधार गर्दै सबभन्दा माथि १ सय १औं स्थानमा पुगेको छ भने दोस्रो स्थानको माल्दिभ्स ११ स्थान तल झर्दै १ सय ५३औं स्थानमा छ। यसै गरी ३ स्थान सुधार गर्दै १ सय ५३औं स्थानमा रहेको अफगानिस्तान र १३ स्थान सुधार गर्दै १ सय ६४औं स्थानमा उक्लिएको भुटान पनि नेपालभन्दा माथि छन्।

त्यस्तै बंगलादेश १ सय ९३, श्रीलंका १ सय ९७ तथा पाकिस्तान ३ स्थान तल झर्दै २ सय १औं स्थानमा छन्।

पाँच पटकको विश्वविजेता ब्राजिल १ स्थान सुधार गर्दै सात वर्षमा पहिलो पटक शीर्ष स्थानमा उक्लिएको छ  भने अर्जेन्टिना दोस्रो स्थानमा झरेको छ।

 

प्रकाशित: २५ चैत्र २०७३ ०३:४८ शुक्रबार

फिफा वरियतामा नेपाल यथावत भारतको फड्को