खेल

पहिलो पटक नै चर्च ब्वाइजलाई लिगको उपाधि

चर्च ब्वाइज युनाईटेडले ए डिभिजन लिगमा बढुवा भएकै सिजन ए डिभिजन लिगको उपाधि जित्न सफल भएको छ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज  थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै चर्च ब्वाइज  ए डिभिजन लिगको उपाधि जित्न सफल भएको हो।

आजको  बराबरी खेल खेलेसंगै चर्च ब्वाइज एक खेल बाँकी छँदै २५ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहँदै पहिलो पटक लिग उपाधी जित्न सफल भएको हो।

दोस्रो स्थानको मछिन्द्र भन्दा  चर्च व्वाईज ६ अंकले अघि रहेको छ। अब बाँकी दुबै खेल जितेपनि मछिन्द्र हेड टु हेडमा चर्च व्वाईज भन्दा पछि पर्नेछ।

यस अघिमनाङले २०४२ सालमाबी डिभिजनबाट बढुवा भएकै साल ०४३ सालमा ए डिभिजन लिगको उपाधि जितेको थियो । ३७ वर्षपछि चर्च ब्वाइजले मनाङको कीर्तिमानमा बराबरी गरेको छ। थ्री स्टार २५ खेलमा २८ अंक जोडेर १२ औं स्थानमा रहेको छ।

प्रकाशित: २३ जेष्ठ २०८० १२:५७ मंगलबार

पहिलो पटक नै चर्च ब्वाइजलाई लिगको उपाधि