खेल

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो

स्ट्राइकर आशिष चौधरीको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेडले शनिबार जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको सम्भावना बलियो पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा चर्च ब्वाइजको जितमा आशिषले दुई तथा अञ्जन विष्टले एक गोल गरे। चर्च ब्वाइज २४ खेलबाट ४४ अंकसहित शीर्ष स्थानमा छ। जुन दोस्रो स्थानको मच्छिन्द्र फुटबल क्लबभन्दा पाँच अंक बढी हो। यद्यपि, मच्छिन्द्रले चर्च ब्वाइजभन्दा एक खेल कम खेलेको छ।

आइतबार मच्छिन्द्रले च्यासल फुटबल मैदानमा नेपाल पुलिसमाथि जित निकालेमा उपाधि होड खुला बन्नेछ। मच्छिन्द्रको हार वा बराबरीले भने चर्च ब्वाइजलाई उपाधिको थप संघारमा पुर्‍याउनेछ।

स्ट्राइकर आशिष चौधरीको दुई गोल प्रेरित चर्च ब्वाइज युनाइटेडले शनिबार जावलाखेल युथ क्लबमाथि ३–० को सहज जितसहित सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधिको सम्भावना बलियो पारेको छ।

जावलाखेल भने २४ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ। पहिलो चरणमा चर्च ब्वाइजको अग्रतामा पूर्णविराम लगाएको जावलाखेलले शनिबार भने सो नतिजा दोहोर्‍याउन सकेन। शीर्ष स्थानको चर्च ब्वाइजसँग सात अंकले पछि परेसँगै जावलाखेल भने उपाधि दौडबाट बाहिरिएको छ।

चौथो स्थानको नेपाल पुलिस क्लबको ३४ अंक र पाँचौं स्थानको सातदोबाटो युथ क्लबको ३२ अंक छ। पहिलो हाफको इन्जुरी समयमा अञ्जन विष्टले गरेको गोलमा चर्च ब्वाइजले अग्रता लिएको थियो। ८७औं मिनेटमा आशिषले गरेको गोलमा चर्च ब्वाइजले अग्रता दोब्बर पारेको थियो।

इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजको सहज जित पक्का गरेका हुन्। चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले रणनीतिअनुसार प्रदर्शन गर्दा सहज जित निस्किएको बताए।

‘जावलाखेलविरुद्ध सहज जितको श्रेय खेलाडीलाई दिन चाहन्छु,’महर्जनले भने, ‘उपाधि दौडमा रहेको जावलाखेलमाथिको जितले उपाधि सम्भावना बलियो भएको छ। अब आइतबार उपाधिको दौडमा रहेको साबिकको विजेता मच्छिन्द्रले पुलिसविरुद्ध निकाल्ने नतिजाले पनि हाम्रो यात्रा तय गर्नेछ।’

इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजको सहज जित पक्का गरेका हुन्। चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले रणनीतिअनुसार प्रदर्शन गर्दा सहज जित निस्किएको बताए।

‘अब दुई खेल खेल्न बाँकी छ। श्रम स्वीकृति समाप्त भएसँगै हामी विदेशी खेलाडीविना मैदान उत्रिए पनि खेलाडीले आफ्नो क्षमता प्रमाणित गरे। बाँकी दुई खेलमा पनि टोलीले राम्रो प्रदर्शनसहित नतिजा निकाल्नेमा हामी विश्वस्त छौं,’उनले भने।

इन्जुरी समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजको सहज जित पक्का गरेका हुन्। चर्च ब्वाइजका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले रणनीतिअनुसार प्रदर्शन गर्दा सहज जित निस्किएको बताए।

चर्च ब्वाइजले अन्तिम दुई खेलमा क्रमशः थ्री स्टार क्लब र एफसी खुमलटारविरुद्ध खेल्नेछ। दुवै टोली रेलिगेसनबाट जोगिन संघर्षरत छन्। जावलाखेलका प्रशिक्षक सुनील श्रेष्ठले लिगकै महत्वपूर्ण खेलमा टोलीले निकै खराब प्रदर्शन गरेकाले उपाधि होडबाट बाहिरिनु परेको बताए।

‘हामीले आज लिगकै महत्वपूर्ण खेलमा चर्च ब्वाइजसामू निरिह प्रदर्शन गर्‍यौं,’श्रेष्ठले भने, ‘शुक्रबार राती मात्र विदेशी खेलाडीको श्रम स्वीकृति सकिएकाले चर्च ब्वाइजविरुद्ध मैदान उत्रन नपाउने जानकारी पाएँ। त्यसले टोलीको सन्तुलन मिलाउन कठिन भयो। लिगको १४/१५ चरणसम्म हामी शीर्ष स्थानमा थियाैं। आफ्नै कमजोरीका कारण उपाधि होडबाट बाहिरिनु पर्दा दुःख लागेको छ।’

शनिबार नै दशरथ रंगशालामा एपिएफविरुद्ध हारको संकट टारेसँगै थ्री स्टार क्लबले ‘ए’ डिभिजन लिगको हैसियत जोगाउने सम्भावना कायम राखेको छ। २३औं मिनेटमा मणिकुमार लामाको गोलमा एपिएफले अग्रता लिएको थियो। खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिल तामाङको गोलबाट थ्री स्टार खेलमा फर्कियो। एपिएफ २४ खेलबाट ३० अंकसहित नवौं स्थानमा छ भने ११औं स्थानको थ्री स्टारको भने समान खेलमा २८ अंक छ। च्यासलमा सम्पन्न खेलमा सातदोबाटोले लगातार चार हारको शृंखलामा पूर्णविराम लगाउने क्रममा आर्मीमाथि २–१ को जित निकाल्यो। 

प्रकाशित: २१ जेष्ठ २०८० ०१:४४ आइतबार

चर्च ब्वाइजको उपाधि सम्भावना बलियो च्यासलमा सम्पन्न खेल स्ट्राइकर आशिष चौधरी