राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपीएफ क्लबबीचको खेल बराबरीमा सकिएको छ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यी दुई क्लवबीचको खेल १-१ गोलको बराबरीमा सकिएपछि दुवै टोलीले अंक बाडेका छन।
थ्री स्टारका लागि सुनिल तामाङ र एपीएफका मणि कुमार लामाले एक एक गोल गरेका हुन ।बराबरीसँगै थ्री स्टारले २४ खेलमा २८ अंक जोडेको छ भने एपीएफले २४ खेलमा ३० अंक पाएको छ।
प्रकाशित: २० जेष्ठ २०८० १२:२८ शनिबार