खेल

राहुल सेमिफाइनलमा

काठमाडौंका राहुल श्रेष्ठ छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन्।

टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा भइरहेको प्रतियोगितामा राहुलले सिन्धुलीका गणेश श्रेष्ठलाई पराजित गरे। टीका भैरव मन्दिरको प्राङ्णमा भएको पुरुष ५० केजीमा पाथिभरा डोजोका सुनिल घलानले उत्तर पानीका अमित गोलेलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको संघीय सांसद उदयशमशेर राणाले एक कार्यक्रमबीच जुरी राजन गहतराजलाई खेल सामाग्री हस्तान्तरण गरी उद्घाटन गरे। सो अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट करातेका स्वर्ण विजेता सुनिल घलान र उसुका राष्ट्रिय खेलाडी शिवजी सिलवाललाई सम्मान गरिएको थियो।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन्। दुईदिने प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी छन्।

प्रकाशित: १९ जेष्ठ २०८० १२:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App