खेल

डेउलोफेउको प्रहारमा जब भिडियो रेफ्रीले निर्णय लिए

पेरिस– स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २–० ले पराजित गरेको दिन मंलबार फुटबलमा गरिएको भिडियो रेफ्री प्रयोगले निकै चर्चा पायो।

फुटबलको सर्वोच्च निकाय फिफाले गत वर्षदेखि अभ्यासका रूपमा सहायक रेफ्रीका रूपमा भिडियोको प्रयोग गर्दै आएको छ । फ्रान्समा पहिलो पटक थप अफिसियलको प्रयोग गरिएको छ। यसले सफलता पनि पाएको छ।

४८औं मिनेटमा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानको गोल दिइएन। रेफ्री र सहायक भिडियो रेफ्रिबीचको सल्लाहपछि उक्त गोललाई अफसाइड घोषणा गरिएको थियो।

४८औं मिनेटमा फ्रान्सका फरवार्ड एन्टोनी ग्रिजम्यानको गोल दिइएन। रेफ्री र सहायक भिडियो रेफ्रिबीचको सल्लाहपछि उक्त गोललाई अफसाइड घोषणा गरिएको थियो।

७७औं मिनेटमा पनि भिडियोको सहयोग लिइएको थियो । स्पेनका वैकल्पिक खेलाडी जेरार्ड डेउलोफेउले गरेको गोललाई रेफ्रीले अफसाइड दिएका थिए। तर नजिकबाट गोल गरेका उनले अपिल गरेपछि निर्णय सच्याइएको थियो। डेउलोफेउ र डेविड सिल्भाको गोलमा स्पेनले २–० को विजयी नतिजा निकालेको थियो। सिल्भाले ६८औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । स्पेनबाट १ सय ११ खेल खेलिसकेका सिल्भाको यो ३०औं गोल हो।

अन्य मैत्रीपूर्ण खेलमा स्विडेनले पोर्चुगललाई ३–२ ले पराजित गर्दा इटालीले नेदरल्यान्डलाई २–१ ले हरायो । आइसल्यान्डले आयरल्यान्डलाई १–० ले हराउँदा अस्ट्रिया र फिनल्यान्डले १–१ को बराबरी खेले ।

प्रकाशित: १७ चैत्र २०७३ ०४:४७ बिहीबार

डेउलोफेउको प्रहारमा जब भिडियो रेफ्रीले निर्णय लिए