खेल

प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीलाई

सर्लाही– सर्लाहीको वागमतीमा सम्पन्न ए डिभिजन प्रथम ‘राजर्षि जनक कप’को उपाधि मनाङ मर्स्याङ्दीले जितेको छ । सोबमार सम्पन्न फाइनल खेलमा नेपाल आर्मीलाई ०–१ गोल अन्तरले पराजित गर्दै मनाङ–मर्स्याङ्दी ‘राजर्षि जनक कप’को उपाधि जित्न सफल भएको हो।

मनाङ–मर्याङ्दीको तर्फबाट दोश्रो हाफको ७ औं मिनेटमा विमल रानाले गरेको गोल निर्णयक सावित भयो। रानाले डी बक्सबाट प्रहार गरेको गोलले मनाङ–मर्स्याङ्दी उपाधि जित्न सफल भएको हो।

पहिलो हाफ अत्यन्त प्रतिस्पर्धात्मक रहेकाे थियाे । दोस्रो हाफमा मनाङ मर्स्याङ्दीले ०–१ गोलको अग्रता लिएपछि आर्मी दबाबमा परेकाे थियाे ।

प्रतियोगिताका बिजेता मनाङ मर्स्याङ्दीले नगद ४ लाख र उपविजेता नेपाल आर्मीले २ लाख प्राप्त गरेका छन्।

प्रकाशित: १६ चैत्र २०७३ १३:५० बुधबार

प्रथम राजर्षि जनक कपको उपाधि मनाङ मर्स्याङ्दीलाई