खेल

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित

काठमाडौं-एसियन कप छनौट अन्तर्गत नेपाल फिलिपिन्ससँग ४-१ ले पराजित भएको छ। मनिला स्थित रिजल मेमोरियल रंगशालामा भएको खेलमा नेपाल ४-१ ले पराजित भएको हो।

खेलको १५ औं मिनेटमा नेपाली खेलाडी विक्रम लामा रेड कार्ड पाई बाहिरिएपछि नेपाली टोली १० खेलाडीमा सिमित भएको थियो। विक्रम लामाको फलमा फिलिपिन्सले पाएको पेनाल्टीलाई नेपाली गोलकिपर किरण चेमजोङले रक्षा गरे पनि घरेलु टोलीका कप्तान फिलिप योङहस्वेन्डले खेलको २२ औं र २५ औं मिनेटमा गोल गर्दै नेपाललाई दवावमा राखेका थिए।

खेलको २८ औं मिनेटमा आयान रामसेले गोल गर्दै फिलिपिन्सलाई ३-० को अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा नेपालका विशाल राईले गोल फर्काउँदै अन्तरलाई कम गरेका थिए। ७२ औं मिनेटमा फिलिपिन्सका ह्‌याभिर पाटिनोले गोल थपे।

प्रकाशित: १५ चैत्र २०७३ १३:०१ मंगलबार

फिलिपिन्ससँग नेपाल ४-१ ले पराजित