खेल

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती

काठमाडौं—एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा बंगलादेश यु२३ टोलीले नेपाललाई २५८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको बंगलादेशी टोलीले ५० ओभरमा ९ विकेट गुमाउँदै शेख कमल अन्तरार्ष्ट्रिय क्रिकेट मैदानमा २५७ रन बनायो। बंगलादेशमा भइरहेको खेलमा टस जितेको नेपालले फिल्डिङ रोजेको थियो।

बंगलादेशका नासिर हुसेनले ११५ बल सामना गर्दै नटआउट १०९ रनको स्कोर बनाउँदा घरेलु टोली २५७ को स्थितिमा पुगेको हो। उनले १२ चौका र २ छक्का प्रहार गरे। मोमिनुल हकले ७८ बल सामना गर्दै ६१ रन बनाए।

गलादेशका नासिर हुसेनले ११५ बल सामना गर्दै नटआउट १०९ रनको स्कोर बनाउँदा घरेलु टोली २५७ को स्थितिमा पुगेको हो। उनले १२ चौका र २ छक्का प्रहार गरे। मोमिनुल हकले ७८ बल सामना गर्दै ६१ रन बनाए।

नेपाली बलरले खेलको सुरुमा दवाब बनाए पनि त्यसलाई निरन्तरता दिन सकेनन्। नेपालका लागि अविनाश कर्णले ३ विकेट लिए सन्दीप लामिछानेको पोल्टामा दुई विकेट पर्‍यो।

प्रतियोगितामा रहन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ। पहिलो खेलमा पाकिस्तान यु २३ टोलीले नेपाललाई ६ विकेटले पारजित गरेको थियो। तेस्रो खेलमा बिहीबार नेपालले हङकङको सामना गर्नेछ।

प्रकाशित: १५ चैत्र २०७३ ०९:२२ मंगलबार

बंगलादेशले दियो नेपाललाई १५८ रनको चुनौती