खेल

सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ फेरि रोकियो

फाइल तस्बिर

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको फैसला मंगलबार पनि हुन सकेन।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राईको इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो।

राईले पीडितले दायर गरेको अन्तरिम क्षतिपूर्तिसम्बन्धी निवेदनको टुंगो लागेपछिमात्र फैसला सुनुवाइ हुने बताएका छन्।

यसअघि, न्यायाधीश फणीन्द्र पराजुलीको इजलासमा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यति बेला लामिछानेका कानुन व्यवसायीले पीडितको उमेरको विवादमा पेस गरेको जन्ममितिसम्बन्धी प्रमाण पुनः झिकाउन अदालतबाट आदेश भएको थियो।

२०७९ पुस २८ मा लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो। यसअघि काठमाडौँ जिल्ला अदालतले उनलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेको थियो।

असोज २० मा पक्राउ परेका सन्दीप नाबालिग बलात्कार आरोपमा प्रहरीले लामिछानेलाई असोज २० मा नियन्त्रणमा लिएको थियो।

प्रकाशित: १६ जेष्ठ २०८० १०:३८ मंगलबार

सन्दीप लामिछाने