खेल

चर्च ब्वाइजले गुमायो अवसर

संकटा क्लबलाई १–० को नतिजा सुम्पिएसँगै चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शीर्ष स्थानको अग्रता जोगाउने अवसर गुमाएको छ।

शनिबार दोस्रो स्थानको मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबसँग अंक बाँडेको थियो भने तेस्रो स्थानको जावलाखेल युथ क्लब एपिएफसँग स्तब्ध भएको थियो। यससँगै चर्च ब्वाइजसामु जितसहित शीर्ष स्थानको अग्रता फराकिलो पार्ने अवसर भए पनि सदुपयोग गर्न सकेन। पछिल्लो खेलमा पनि चर्च ब्वाइज शीर्ष स्थानमा अग्रता लिन चुकेको थियो। मच्छिन्द्र र जावलाखेलले गोलरहित बराबरी खेल्दा चर्च ब्वाइज भने मनाङ मस्र्याङदीसँग बराबरीमा रोकिएको थियो।

शनिबार संकटासँग पराजित चर्च ब्वाइजले पछिल्ला तीन खेलमा मात्र दुई अंक जोडेको छ। यो नजितापछि शीर्ष स्थानमा फरालिको अग्रता बनाउने अवसर गुमाएको चर्च ब्वाइजको २२ खेलबाट ३८ अंक छ। जुन दोस्रो स्थानको मच्छिन्द्रको भन्दा दुई र तेस्रो स्थानको जावलाखेलभन्दा मात्र चार अंकले बढी हो।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको ६९औं मिनेटमा युसुफ आर्टिसको गोल नै संकटाको जितमा पर्याप्त बन्यो। चर्च ब्वाइले पछिल्ला तीन खेलमा मात्र दुई अंक जोडेको छ। शीर्ष स्थानको चर्च ब्वाइजको २२ खेलबाट ३८ अंक छ। जुन दोस्रो स्थानको मच्छिन्द्रको भन्दा दुई र तेस्रो स्थानको जावलाखेलभन्दा मात्र चार अंकले बढी हो। संकटाले भने चर्च ब्वाइजमाथि जितसँगै रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ। संकटा २२ खेलबाट २६ अंकसहित ११औं स्थानमा उक्लिएको छ।

शनिबार नै दशरथ रंगशालामा जावलाखेलले पनि एपिएफलाई २–० को नतिजा सुम्पिएसँगै शीर्ष स्थानको चर्च ब्वाइजमाथि दबाब बढाउने अवसर गुमायो। २३औं मिनेटमा अर्मान्ड बिडोमले गरेको गोलमा एपिएफले अग्रता लिएको थियो।

पहिलो हाफको इन्जुरी समयमा आवास लामिछानेले गरेको गोलमा एपिएफले अग्रता दोब्बर बनायो। खेल सकिन चार मिनेट बाँकी रहँदा हात हालाहाल गरेपछि एपिएफका कप्तान नवीन लामा र जावलाखेलका अब्दुलालिज रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिए।

शनिबार नै दशरथ रंगशालामा जावलाखेलले पनि एपिएफलाई २–० को नतिजा सुम्पिएसँगै शीर्ष स्थानको चर्च ब्वाइजमाथि दबाब बढाउने अवसर गुमायो।

जावलाखेलका प्रशिक्षक सुनीलकुमार श्रेष्ठले खेलाडीहरूले टोली रणनीति विपरीत प्रदर्शन गरेका कारण हार व्यहोर्नु परेको बताए। ‘हामी उपाधि प्रतिस्पर्धामा रहेको टोली हौं,’श्रेष्ठले भने, ‘तर पछिल्ला पाँच खेलमा हामीले स्वाभाविक नतिजा निकाल्न सकेका छैनौं। पाँच खेलमा हामीले मात्र चार अंक जोडेका छौं। चार खेल बराबरीमा खेल्यौं भने एक खेलमा नतिजा सुम्पिन पुग्यौं। यसले टोलीको उपाधि सम्भावना न्युन बनाएको छ। खेलाडीहरू अनुशासित देखिएनन्। टोलीमा पछिल्ला समय देखिएको फिनिसिङको समस्याले आज पनि निरन्तता पायो।’

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने जावलाखेलमाथिको जितले टोलीको रेलिगेसन टार्ने लक्ष्यलाई बल पुगेको बताए। ‘आज हामीलाई तीन अंक आवश्यक थियो र त्यसमा सफल पनि भयौं,’महर्जनले भने, ‘यो जितले टोली माथिको दबाब केही कम भएको छ। हाम्रो लक्ष्य अब राम्रो स्थानमा रहेर लिग समापन गर्ने हो।’ एपिएफ २२ खेलबाट २९ अंकसहित छैटौं स्थानमा उक्लिएको छ। च्यासल फुटबल मैदानमा सम्पन्न खेलमा मच्छिन्द्रले आर्मीसँग हारको संकट टारेको हो।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले भने जावलाखेलमाथिको जितले टोलीको रेलिगेसन टार्ने लक्ष्यलाई बल पुगेको बताए।

१७औं मिनेटमा दिनेश हेन्जनले गरेको गोलमा आर्मीले अग्रता लिएको थियो। ६०औं मिनेटमा आर्मीका युद्ध शाहीले आत्मघाती गोल गर्दा मच्छिन्द्रले खेलमा फर्किने अवसर पायो। आर्मी २२ खेलबाट ३० अंकसहित चौथो स्थानमा छ। 

प्रकाशित: १४ जेष्ठ २०८० ०३:४९ आइतबार

संकटा क्लब त्रिभुवन आर्मी क्लब