खेल

काभा भलिबलमा बंगलादेश पुछारमा

किर्गिस्तानमाथि सोझो सेटमा जित निकाल्दै श्रींलकाले काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा पाँचाैं स्थान प्राप्त गरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा श्रीलंकाले किर्गिस्तानलाई एक पक्षीय खेलमा २५–११, २५–२० र २५–१४ को सोझो सेटमा हराएको हो।

माल्दिभ्सले भने बंगलादेशलाई ३–१ को सेटमा हराउँदै सातौं स्थान प्राप्त ग¥यो। माल्दिभ्सले पहिलो सेट गुमाए पनि त्यसपछि लगातार तीन सेटको नतिजा आफ्नो बनायो। माल्दिभ्सले बंगलादेशलाई २१–२५, २५–१४, २५–२३ र २५–१५ ले हरायो। बंगलादेश भने आठ टोली सहभागी प्रतियोगितामा पुछारमा रह्यो।

प्रतियोगिताको तेस्रो स्थानको लागि आइतबार नेपाल र उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। दुई पटकको च्याम्पियन नेपाल दोस्रो सेमिफाइनलमा काजखस्तानसँग ३–२ को सेटमा पराजित भएको हो। उज्बेकिस्तानले भने सेमिफाइनलमा भारतसँग हार बेहोरेको थियो। उपाधिको लागि आइतबार नै भारत र काजखस्तानबीच प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: १४ जेष्ठ २०८० ०३:३९ आइतबार

एनएससी काभा महिला भलिबल च्यालेन्ज कप त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)