खेल

जेठ १५ देखि मदन भण्डारी कप बास्केटबल

मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा हुने प्रतियोगितामा पुरुषतर्फ १६ र महिलामा ६ टोली गरी कुल २२ टोलीले सहभागिता जनाउनेछन्। प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित कभर्डहलमा आयोजना हुने शनिबार भएको पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो।

पहिलो संस्करणमा यु–२३ प्रतियोगिता आयोजना गरेको एकेडेमीले यस वर्ष महिला र पुरुष दुवैको खुला प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा पुरुषतर्फ सुरुका दुई राउडका खेल सीधै नकआउटका आधारमा खेलाइनेछ।

महिलामा ६ टिम मात्रै भएकाले सीधै राउन्ड रोबिन पद्दतीमा खेल हुनेछ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेता टिमले एक् लाख ५० हजार र उपविजेताले ५० हजार प्राप्त गर्नेछन्। प्रतियोगितामा हरेक टोलीले विदेशी खेलाडी पनि राख्न पाउनेछन्। 

प्रकाशित: १४ जेष्ठ २०८० ०३:३३ आइतबार

मदन भण्डारी स्पोर्ट्स एकेडेमी मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता