खेल

दोस्रो बागमती प्रदेश खेलकुद:फुटबलमा मकवानपुर च्याम्पियन

दोस्रो बागमती प्रदेश खेलकुदको अन्तिम स्वर्ण प्रतिस्पर्धाको रूपमा रहेको पुरुष फुटबलमा मकवानपुर च्याम्पियन भएको छ।

हेटौंडोको पिप्ले क्याम्पा रंगशालामा शनिबार सम्पन्न फाइनलमा मकवानपुरले काठमाडौंलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन भएको हो। खेलको निर्धारित समय १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटतर्पm धकेलिएको थियो। पेनाल्टी सुटआउटमा मकवानपुरले काठमाडौंमाथि ४–३ को जित रच्यो। दुवै तर्पmबाट पहिलो पेनाल्टी प्रहार सफल हुन सकेन। मकवानपुरका निर्मल बल र काठमाडौंका खेमराज तामाङको प्रहार गोलमाथि परिणत हुन सकेन।

तर, मकवानपुरले त्यसपछिको प्रहारमा गोल गर्दा काठमाडौंको तीन प्रहार मात्र गोलमा परिणत भयो। मकवानपुरका विकास लामा, सुवास पाख्रिन, सुजन गुरुङ र प्रीतम स्याङ्बोले गोल गरे। काठमाडौंका लागि वाङ गुरुङ, कब्बु कन्दवा र सनम शेर्पाको प्रहार गोलमा परिणत भयो। तर, चौथो पेनाल्टी प्रहार गर्न आएका काठमाडौंका विवेक राईको प्रहार बाहिरिएसँगै मकवानपुरले स्वर्ण  जित्यो। चितवनका कप्तान प्रीतम स्याङ्बो उत्कृष्ट खेलाडी घोषित भए।

प्रकाशित: १३ जेष्ठ २०८० १५:५६ शनिबार

दोस्रो बागमती प्रदेश खेलकुद:फुटबलमा मकवानपुर च्याम्पियन