खेल

आईपीएल: मुम्बईलाई हराउँदै गुजरात फाइनलमा

गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग(आइपिएल)को फाइनलमा पुगेको छ। गएराती गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै फाइनलमा  पुगेको हो।  

यसअघि मुम्बईले टस जितेर गुजरातलाई पहिला व्याटिङ गर्न लगायो। गुजरात टाइटन्सले पहिलो व्याटिङ गर्दै निर्धारीत २० ओभरमा ३ विकेटको क्षतिमा २३३ रन बनायो। गुजरातका लागि सबैभन्दा वढि शुभमन गिलले ६० बलमा ७ चौका र १० छक्कासहित १ सय २९ रन बनाए। साई सुदर्शनले   ४३ रन तथा कप्तान हार्दिक पान्ड्या २८ रनको योगदान दिए।मुम्बईका आकाश माधवाल र पियुष चवालाले एक एक विकेट लिए।

जवाफमा जितका लागि २३४ रन पछ्याएको मुम्बई इन्डियन्सले १८.२ ओभरमा १ सय ७१ रन बनाउँदा सबै विकेट गुमायो र खेल ६२ रनबाट हार्न पुग्यो। मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६१ रनको योगदान दिए। त्यस्तै तिलक बर्माले४३ तथा क्यामरन ग्रीनले ३० रन बनाए। मुम्बईका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। गुजरातका मोहित शर्माले सबैभन्दा वढि  ५ विकेट लिए।त्यसैगरी मोहम्मद शामी र राशिद खानले २/ २ विकेट लिए।जोशुवा लिटिलले एक विकेट हात पारे।

फाईनल खेल भोलि आईतबार हुनेछ। फाईनलमा गुजरातले चेन्नई सुपर किंग्ससँग खेल्नेछ ।गुजरातलाई पहिलो क्वालिफायरमा १५ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो।

प्रकाशित: १३ जेष्ठ २०८० ०९:३६ शनिबार

आईपीएल: मुम्बईलाई हराउँदै गुजरात फाइनलमा