खेल

भक्तपुरमा खुला बुद्धिचाल सुरु

भक्तपुरको गोल्मढीस्थित युवा टिम भक्तपुरको आयोजनामा शुक्रबारदेखि स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला र्यापिड बुद्धिचाल सुरु भएको छ। प्रतियोगिता शनिबार सकिनेछ।  

टिमका कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता भएको हो। ग्वाछाको झन्डै महिना दिनअघि निधन भएको थियो। उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए।  

प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका गरी एक सय २० भन्दा बढीले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगितामा विदेशी खेलाडीसमेत सहभागी रहेको जनाइएको छ।  

प्रतियोगितामा पहिलो हुनेलाई २५ हजार, दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई १० हजार नगद पुरस्कारको व्यवस्था छ। साथै चौथो हुनेलाई आठ हजार, पाँंचांै हुनेलाई ६ हजार र सान्त्वनालाई पाँच हजार नगद पुरस्कारको व्यवस्था रहेको छ।  

भक्तपुर युवा टिम भक्तपुरकै पुरानो हो। यसले प्रत्येक वर्ष भक्तपुर कप खुुला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ। टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा भक्तपुर नगरपालिका–७ का वडाध्यक्ष उकेश कवां, भक्तपुर नगरपालिका खेलकुद समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिका–१ का अध्यक्ष श्यामकृष्ण खत्री, आयोजक टिमका अध्यक्ष केशव त्वानाबासु, पूर्वअध्यक्ष तुल्सीराम ग्वाछा, मृतक ग्वाछाका सुपुत्रलगायतले बुद्धिचाल खेलका विविध पक्षबारे चर्चा गरे।

प्रकाशित: १३ जेष्ठ २०८० ०२:०७ शनिबार

भक्तपुरमा खुला बुद्धिचाल सुरु