खेल

फाइनलमा पुग्न नेपालले काजकिस्तानसंग प्रतिस्पर्धा गर्दै

राजधानीमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाईनलमा पुग्न नेपालले  काजकिस्तान प्रतिस्पर्धा गर्दैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज यी दुईबीचको खेल ५ बजे शुरु हुनेछ।

नेपाल बंगलादेश र  किर्किस्तानलाई हराउँदै समूह एको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । समूहको तीन खेलमा नेपाल भारतसंग मात्र पराजित भएको हो । काजकस्तान समूह बीको विजेता बन्दै सेमिफाइनल पुगेको हो।आजै भएको पहिलो सेमिफाईनल खेलमा भारत उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै  फाइनलमा पुगिसकेको छ।

प्रकाशित: १२ जेष्ठ २०८० १०:५९ शुक्रबार

काभा महिला भलिबलः फाइनलमा पुग्न नेपालले काजकिस्तानसंग प्रतिस्पर्धा गर्दै