खेल

आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै

इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को  फाईनलमा पुग्न आज मुम्बई इन्डियन्स र  गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।

नेपाली समय अनुसार आज साँझ ७ :४५ बजे दोस्रो क्वालिफायर खेलमा पाँच पटकको उपाधिधारी  मुम्बई इन्डियन्स र साविक विजेता गुजरात टाइटन्सबीच प्रतिस्पर्धा हुँदैछ।

मुम्बई एलिमिनेटर खेलमा लखनऊ सुपर जायन्ट्सलाई ८१ रनले हराउँदै  दोस्रो क्वालिफायर खेलमा पुगेको हो। त्यसैगरी गुजरात टाइटन्स  फस्ट  क्वालिफायर खेलमा चेन्नई सुपर किंग्ससंग  १५ रनले पराजित भएपनि तालिकाको पहिलो स्थानमा रहेकाले दोस्रो क्वालिफायर खेल्ने मौक्का पाएको हो।आजको विजेता र चेन्नई सुपर किंग्सबीच आइपिएलको फाईनल खेल आइतबार नेपाली समय अनुसार साँझ ७ :४५ बजे हुनेछ। 

प्रकाशित: १२ जेष्ठ २०८० १०:३१ शुक्रबार

आइपिएलको फाइनलमा पुग्न मुम्बई र गुजरातबीच प्रतिस्पर्धा हुँदै