खेल

मलेसियासँग हुने महिला टि२० लागि नेपाली टोलीको घोषणा

मलेसियासँग हुने पाँच महिला टि२०आई सिरिजको लागि नेपाली टोलीको नाम सार्वजनिक भएको छ।

सार्वजनिक गरिएको नाममा रुविना क्षेत्री बेलबासेको कप्तानीमा , सीता रानामगर, इन्दु बर्मा, कविता कुवँर, कविता जोशी, अश्मिना कर्माचार्य, कृतिका मरासिनी, विन्दु रावल, अप्सरी बेगम, काजोल श्रेष्ठ, सम्झना खड्का, ईश्वरी विष्ट, ज्याति पाण्डे र सरस्वती चौधरी खेलाडी रहेका छन्।त्यसैगरी मुख्य प्रशिक्षक स्यामसन जंग थापा रहेका छन ।

पहिलो पटक तीन युवा खेलाडी नेपाली टोलीमा परेका छन।सम्झना खड्का,  कृतिका करासिनी र  ईश्वरी विष्ट पहिलो पटक टोलीमा परेका हुन।

 नेपालले मलेसियामा गएर पाँच खेलको टि२० आई सिरिज खेल्नेछ।नेपालले मलेसियासँग पहिलो खेल जेठ १५ मा खेल्नेछ। त्यस्तै जेठ १६मा दोस्रो खेल खेल्नेछ।जेठ १८ मा  तेस्रो खेल खेल्नेछ।जेठ २०मा  चौथो र जेठ २१मा पाँचौं खेल खेल्ने तालिका रहेको छ।  

प्रकाशित: ११ जेष्ठ २०८० १६:११ बिहीबार

मलेसियासँग हुने महिला टि२० लागि नेपाली टोलीको घोषणा