खेल

इन्टर मिलान बन्याे कोपा इटालियाको च्याम्पियन

फियोरेन्टिनामाथि जित हासिल गर्दै इन्टर मिलान कोपा इटालियाको च्याम्पियन बनेको छ।  

रोमामा बुधबार राति भएको फाइनलमा सुरुवातमा एक गोलले पछि पछि परेको इन्टर मिलानले पछि २–१ को नतिजा निकालेर रोमान्चक रुपमा खेलको बाजी पल्टाउँदै जित आफ्नो पोल्टामा पार्न सफल भएको छ। नवौंपटक च्याम्पियन बनेको मिलानका लागि अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजले दुई गोल गरे। फियोरेन्टिनाका निकोलस गोन्जालेसको गोल सान्त्वना बन्यो।

प्रकाशित: ११ जेष्ठ २०८० ०२:५० बिहीबार

इन्टर मिलान कोपा इटालियाको च्याम्पियन