खेल

काभा महिला भलिबल : नेपाल भारतसँग पराजित

राजधानीमा जारी काभा महिला भलिबल च्यालेन्ज कपमा  आयोजक नेपाल भारतसंग पराजित भएको छ। समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित हुँदै समूह ए को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

 नेपालले सेमिफाइनलमा समूह बी को विजेता काजकस्तानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ। भारत चाहि समूहको विजेता हुँदै सेमिफाईनलमा पुगेको छ।  भारतले सेमिफाइनल खेलमा समूह बी को उपविजेता उज्वेकिस्तानसँग खेल्नेछ । 

राष्ट्रिय खेलकुद परिषद राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ।प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, किर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तानको सहभागिता रहेको छ ।समूह ए मा घरेलु टोली नेपाल सहित भारत बंगलादेश र किर्गिस्तान छन् । समूह बी मा  श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् ।

प्रकाशित: १० जेष्ठ २०८० १२:०६ बुधबार

काभा महिला भलिबल : नेपाल भारतसँग पराजित