खेल

ज्ञानेन्द्रको कप्तानीमा इमर्जिङ कपका लागि टोली छनोट

काठमाडौं- एसिसी इमर्जिङ नेसन्स कप प्रतियोगिताका लागि १५ खेलाडी छनोट गरिएको छ।  प्रतियोगिता बंगलादेशमा मार्च २५ देखि अप्रिल ४ सम्म हुनेछ। कप्तान पारस खड्काले इमर्जिङ कप खेल्ने छैनन्।

बुधबार सार्वजनिक गरिएको टोलीमा ज्ञानेन्द्र मल्ल(कप्तान), शरद भेषावकर (उपकप्तान), विनोद भण्डारी, सागर पुन, मोहम्मद आरिफ शेख, मोहम्मद आलम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, मोहम्मद आशिफ शेख, अविनाश कर्ण, सुनील धमला, भुवन कार्की, सुसान भारी, दीपेश श्रेष्ठ र दिलीप नाथ रहेका छन्।

वैकल्पिक खेलाडीमा कुशल भुर्तेल, जितेन्द्रकुमार मुखिया, राजेश पुलामी मगर र सुशील कँडेल छन्।

आइसिसी–एसियाका क्रिकेट विकास अधिकृत बैंकटपति राजु, राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लसहितको टोलीले खेलाडी छनोट गरेको हो। प्रतियोगिताका लागि बन्द प्रशिक्षण मार्च १९ देखि सुरु हुनेछ।

प्रकाशित: ३ चैत्र २०७३ ०३:३८ बिहीबार

ज्ञानेन्द्रको कप्तानीमा इमर्जिङ कपका लागि टोली छनोट