खेल

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता

एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई पराजित गरेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा भएको उक्त प्रतियोगितामा उज्वेकिस्तानले श्रीलङ्कालाई ३–० को सोझो सेटमा पराजित गरेको हो। यस जितसँगै उज्वेकिस्तानले शीर्ष तीन अङ्क जोडेको छ।  

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको पहिलो खेलमा उज्वेकिस्तानले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो। आजदेखि सुरुआत भएको उक्त प्रतियोगिता विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ।  

प्रतियोगितामा नेपालसहित, भारत, बङ्गलादेश, माल्दिभ्स, श्रीलङ्का, किर्गिस्तान, उज्वेकिस्तान र काजकिस्तानको सहभागिता रहेकामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ए मा नेपाल, भारत, बङ्गलादेश र कीर्गिस्तान छन् भने समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन्।  

प्रकाशित: ८ जेष्ठ २०८० ०७:१७ सोमबार

उज्वेकिस्तानले श्रीलङ्कालाई हरायो एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगिता