खेल

सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने

फाईल तस्बिर नेपाल क्रिकेट संघ क्यान

सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने भएको छ।आज सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले हरेक वडामा एक खेल मैदान र हरेक पालिकामा एक कभर्ड हल निर्माण गर्ने घोषणा गरेका हुन।

आज संसदको दुवै सदनलाई सम्बोधन राष्ट्रपति रामचन्द्र पौडेलले हरेक विद्यालयमा खेल शिक्षकको व्यवस्था तथा अन्तरपालिका र प्रदेश स्तरीय खेलकुद आयोजना गरिने बताए।यस्तै आगामी दुई वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नती सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता संचालन हुने व्यवस्था गरिने कुराआज राष्ट्रपति  पौडेलले प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष  २०८०/८१ को नीति तथा कार्यक्रम उल्लेख छ।  

चितवनको भरतपुर, कैलालीको फाप्ला, बैतडीको दशरथचन्द र मोरङको विराटनगर क्रिकेट रंगशालाको पूवार्धार निर्माण कार्य अघि बढाइने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।खेलकुदलाई राष्ट्रको पहिचान, गौरव र प्रतिष्ठा बढाउने माध्यमको रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न जोड दिने, अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गर्ने खेलाडीहरूलाई प्रोत्साहन एवं पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

त्यस्तै खेलकुद पूवार्धारहरूको दिगो व्यवस्थापनका लागि स्थानीय तथा प्रदेश सरकारको सहभागिता बढाउँदै लगिने, खेलकुद पयर्टनकोविकास र विस्तार हुने किसिमका खेलकुद पूवार्धारहरू सार्वजनिक र निजी साझेदारीमा निर्माण गर्न प्रोत्साहन गरिने समेत उल्लेख गरिएको छ।

प्रकाशित: ५ जेष्ठ २०८० १५:४३ शुक्रबार

सरकारले हरेक वडामा एक खेल मैदान निमार्ण गर्ने