खेल

महिला फुटबल दिवस

काठमाडौं- एएफसी महिला फुटबल दिवसको अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार विभिन्न कार्यक्रम गरेको छ। एएफसी महिला फुटबल दिवस अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमै पर्ने गरेको छ। यस वर्ष एएफसीका ३० एसोसिएट्स राष्ट्रले महिला फुटबल दिवस मनाएको एन्फाले बतायो। महिला फुटबल दिवसको अवसरमा प्रतियोगिता, कार्यशाला, क्षमता अभिवृद्धि क्लिनिक, सेमिनारको आयोजना गरियो।

कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका सदस्य, फुटबल नेतृत्वमा रहेका महिला पदाधिकारी र विभिन्न क्षेत्रका महिलाको सहभागिता रहेको एन्फाले बतायो।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा काठमाडौंका २५ विद्यालयबाट बालिकाले सहभागिता जनाएका थिए। यसै गरी महिला राष्ट्रिय टोलीका खेलाडीबीच ३० मिनेटको मैत्रीपूर्ण खेलको पनि आयोजना गरिएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७३ ०४:५६ बिहीबार

महिला फुटबल दिवस