खेल

पदक विजेता वादोरियो कराते टोली फर्कियो

मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ।

मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते। नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते डो संघले जनाएको छ।

देवकुमार शाह, प्रसिद्धि शर्मा, प्रशेष शाही, आरोन शेरचन, सुशान्त खड्का, समिक्षा सार्की र रिदेश बस्यालले स्वर्ण जिते। आकृति कँडेलले रजत तथा वैश्नवी वर्मा र सन्यम कँडेलले कांस्य हात पारे।

टोलीको प्रशिक्षकमा कमरुदीन अली, व्यवस्थापकमा शोभाकर पन्थ र अफिसियलमा समी थापा शर्मा रहेका  छन्।

टोलीलाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका नेपाल वादोरियो कराते डो संघका प्रमुख प्रशिक्षक हरिशरण केसीलगायतका पदाधिकारीले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

प्रकाशित: ५ जेष्ठ २०८० १३:२३ शुक्रबार

पदक विजेता वादोरियो कराते टोली फर्कियो