खेल

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।  

शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा भएको प्रतियोगितामा पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआइएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन्। सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभिएम), भासरा, स्वस्तिश्री गुरुकुल र प्रभातले सेमिफाइनलमा स्थान सुरक्षित गरे।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे। १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडी सहभागी प्रतियोगितामा ब्वाइज-गल्र्स सिंगल्स र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ। डल्लुस्थित स्वर्णिम स्कुलको संयोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले ७ हजार ५ सय तथा तेस्रोले ३-३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ।

प्रकाशित: ५ जेष्ठ २०८० ०१:५४ शुक्रबार

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।