खेल

अन्तर विद्यालय टेबल टेनिसको तयारी पूरा

शारीरिक शिक्षा तथा खेलकुद समाज सोफेस नेपालको आयोजनामा हुने नवौँ राष्ट्रिय अन्तर विद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ।

लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जानकारी दिएका छन।

प्रतियोगितामा १ सय ९० ब्वाइज तथा ८० गल्र्स गरी जम्मा २ सय ७० खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ। उपत्यका तथा मोफसलका बुटवल र हेटौंडाका विभिन्न ३५ विद्यालय सहभागी हुने छन्। कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले प्रतियोगितामा भाग लिन पाउने प्रावधान छ।

ब्वाइज÷गल्र्स सिंगल्स तथा टिममा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। सिंगल्समा पहिलो हुनेले १५ हजार, दोस्रोले ७ हजार ५ सय तथा तेस्रोले ३/३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन्।

प्रकाशित: ३ जेष्ठ २०८० ११:०६ बुधबार

अन्तर विद्यालय टेबल टेनिसको तयारी पूरा