खेल

खेलाडीलाई अध्ययनको व्यवस्था

काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय ताइवान खेलकुद विश्वविद्यालयबीच खेलकुदसम्बन्धी विभिन्न विषयमा सम्झौता भएको छ। विश्वविद्यालयले नेपाली खेलाडीलाई ताइवानमा खेलकुदसम्बन्धी अध्ययनका लागि व्यवस्था मिलाउने, तालिमको प्रबन्ध गर्ने, ताइवानबाट विशेषज्ञ नेपाल आएर तालिम दिनेलगायतका विषयमा सम्झौता भएको राखेपका सदस्य फत्तबहादुर गुरुङले जानकारी दिएका छन्।

ताइवानमा भएको सम्झौतामा सदस्य गुरुङ र विश्वविद्यालयबाट अध्यक्ष डा. चिन सुङ काउले हस्ताक्षर गरेका थिए। सदस्य गुरुङले शुक्रबार सो सम्झौतापत्र राखेपका सदस्य–सचिव केशवकुमार विष्टलाई हस्तान्तरण गरे। सोही अवसरमा सदस्य गुरुङले विश्वविद्यालयले राखेपलाई पठाएको मायाको चिनो पनि सदस्यसचिव विष्टलाई हस्तान्तरण गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०७३ ०४:५७ शनिबार

खेलाडीलाई अध्ययनको व्यवस्था