खेल

बराम बनिन् फिष्टेल ट्रेल रेस च्याम्पियन

फिष्टेल ट्रेल रेसमा सहभागि धाविका। तस्बिर—फिष्टेल ट्रेल रेसको वेभसाईडबाट ।

१०० किलोमिटरको फिष्टेल  ट्रेल रेसको उपाधि अशोक बरामले जितेकी छिन्। उनले १०० किलोमिटरको अल्ट्रा रेसलाई २० घण्टा १० मिनेट ५५ सेकेण्डमा पुरा गरेकी थिइन्।

हिमालयन ट्रेल रनिङले आयोजना गरेको प्रतियोगितामा ४ देशका ७ जनाले प्रतिस्पर्धा गरेका थिए। ४ जना पुरुष  र ३ जना महिलाको सहभागिता रहेको थियो। भूमीराज रोका दोस्रो स्थानमा आए। रोकाले २७ घण्टा ५८ मिनेटमा दुरी पुरा गरेका थिए।

५० किलोमिटरको रेसको उपाधि अर्जुनकुलुङ राईले जिते। उनले ९ घण्टा ११ मिनेट १६ सेकेण्डमा दुरी पुरा गरेका थिए। ७ देशका १९ जना धावकको सहभागिता रहेको प्रतियोगितामा मनकुमार रोकामगरले १० घण्टा ३ मिनेट ६ सेकेण्डमा दौड पुरा गर्दै दोस्रो स्थानमा रहे। प्रतियोगितामा १० जना पुरुष र ९ जना महिला धावकको सहभागिता रहेको फिष्टेल टे«ल रेसका निर्देशक जगननाथ तिमिल्सिनाले जनाएका छन्।

निरोज भट्ट तेस्रो स्थानमा चित्त बुभाए। उनले १० घण्टा ६ मिनेट ४१ सेकेण्डमा पुरा गरेका थिए। अर्जुन कुलुङराईले गत अप्रिलमा आयोजना गरिएको पन्चासे ट्रेल रेसको उपाधि जितेका थिए। दोस्रो र तेस्रो स्थानमा रहेको रोकामगर र भट्ट पोखरा ट्रेल रेस सिरिजका धावक हुन्।  

महिला तर्फको प्रतिस्पर्धामा अनिता राई(सिनियर)च्याम्पियन बनिन्। उनले ११ घण्टा ४६ मिनेट २३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाइन्। दोस्रो स्थानमा अनिता राई(जुनियर) रहिन्। पोखरा ट्रेल रेस सिरिजका धाविका समेत रहेकी राईले १२ घण्टा १३ मिनेट २८ सेकेण्डमा पुरा गरेकी थिइन्। तेस्रो स्थानमा भने आईगुल मोक्बा गानिभा आइन्। उनले दौड १४ घण्टा २१ मिनेट ३६ सेकेण्डमा पुरा गरेकी थिइन्। 

कास्कीको माछापुच्छ«े गाउँपालिकाको घाचोकबाट दौड शुरु भएको थियो। दौड घाचोकबाट हिलेखर्क, खुमाई डाडाँ, कोर्चुन, मेश्रम, पुरमधुम, सिध्दघट्ट, सिदिङ, लोक्याम्प, फरेष्ट क्याम्प, सौर्य डाडाँ हुदैं धम्पुसमा पुगेर ५० किलोमिटरको दौड पुरा भएको थियो। १०० किलोमिटरको दुरी भने अष्टे«लियन क्याम्प, काँडे, भदौरे, पन्चासे, भुम्दी, पुम्दी, शान्तिस्तुपा, रानीबन, ड्यामसाईड हुदैं लेकसाईडमा पुगेर टुंगिएको थियो।

रेसका निर्देशक तिमिल्सिनाले माछापुच्छ«े गाँउपालिकाका अध्यक्ष मीनबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य बसन्त दवाडी लगायत विभिन्न संघसंस्थालाई रेसमा सहयोगी भूमिकाप्रति धन्यवाद प्रकट गरेका छन्।  

प्रकाशित: ३१ वैशाख २०८० १२:४६ आइतबार

फिष्टेल ट्रेल रेस