खेल

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत तेक्वान्दो विभागको आयोजनामा दोस्रो बाग्मती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।

प्रतियोगिताको पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले एक कार्यक्रमबीच उद्घाटन गरे। सो अवसरमा आयोजकले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायकमा उत्तीर्ण हुन सफल गौरव रजकका साथै तेक्वान्दोका जीवन लिम्बुलाई सम्मान गरेको थियो। पहिलो दिन एक स्वर्णको मात्र छिनोफानो हुँदा आयोजककी सुस्मिता खड्गीले पहिलो स्थान हात पारिन्। विभिन्न २३ स्पर्धा समावेश प्रतियोगितामा करिब तीन सय खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार हात पार्ने तेक्वान्दो प्रशिक्षक मनोज खड्गीले जनाएका छन्।  

टेनिस टोली बंगलादेश प्रस्थान

आइटिएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली छनोट) मा सहभागी हुन ३ खेलाडीसहित ४ सदस्यीय नेपाली टोली आइतबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। मे १४ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अशभसम्राट हाडा, युभेनमान श्रेष्ठ र स्पन्डन उदासले नेपालको चुनौती प्रस्तुत गर्नेछन्। प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य छन्। 

प्रकाशित: ३० वैशाख २०८० ०२:२१ शनिबार

बाग्मती प्रदेशस्तरीय तेक्वान्दो सुरु