खेल

ए डिभिजन लिग : नेपाल पुलिस क्लबले संकटालाई हरायो

शहिद स्मारक ए डिभिजन लिग  फुटबलमा  विभागीय टोली नेपाल पुलिस क्लबले संकटा क्लबलाई हराएको छ।

दशरथ रंगशालामा आज भएको खेलमा  नेपाल पुलिस क्लबले संकटा क्लबलाई२-१ गोलले हराएको हो। पुलिसका लागि मोजेस ग्याबा र मोहमद आशिकले  एक एक गोल गरे भने संकटाका लागि  निशान खड्काले गोल गरेका हुन।

जितपछि पुलिस ११ औं स्थानमा उक्लिएको छ। पुलिसको १७ खेलमा ५ जित, ४ बराबरी र ८ हारसहित १९ अंक छ।संकटा १७ खेलमा ५ जित, ५ बराबरी र ७ हारसहित २० अंकका साथ तालिकाको दशौं स्थानमा छ।

प्रकाशित: २९ वैशाख २०८० १२:०३ शुक्रबार

ए डिभिजन लिग नेपाल पुलिस क्लबले संकटालाई हरायो